केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डा चुङचुङ पुगे

Untitled-1-copy-15

मंगनः केन्द्रिय जनजाति मन्त्री अर्जुन मुण्डा मंगन जिल्लाको चुङथाङ पुगेका छन्। उनलाई मन्त्री साम्डुप लेप्चा तथा अन्य गणमान्य जनले स्वागत जनाए। केन्द्रिय मन्त्रीले आईटीबीपी चुङथाङमा गार्ड अफ् अनर ग्रहण गरे। केन्द्रिय जनजाति मन्त्रीले न्यानो स्वागतको निम्ति आभार व्यक्त गर्दै सबैलाई होली र अन्तरराष्ट्रिय महिला दिवसको बधाई एवं शुभकामना दिए। उनले ज्वलन्त ग्राम कार्यक्रम योजनाको माध्यमद्वारा भारत सरकारले वर्ष २०४७ सम्म देशका सबै गाउॅंहरूको विकास सुनिश्चित गर्ने प्रस्तावको बारेमा पनि जानकारी गराए। उनले परम्परालाई सुदृढ बनाउन र राष्ट्रको डिजिटल विकास सुनिश्चित गर्न मानिसहरू विकास प्रक्रियासॅंग जोडिनु आवश्यक रहेको बताए।

यसैगरी, मन्त्री लेप्चाले केन्द्रिय मन्त्रीको भ्रमणको निम्ति कृतज्ञता व्यक्त गरे। उनले आफ्नो क्षेत्रमा बीएडीपी आजीविका र विकासको मुख्य स्रोत रहेको जानकारी गराए। उनले राज्य सरकारका विभिन्न कार्यक्रमहरूको बारेमा केन्द्रिय मन्त्रीलाई जानकारी गराए। उनले चुङथाङ जीपीयूमा एउटा ५० पलङ भएको प्राथमिक स्वास्थ्य केन्द्रमा र ध्यान केन्द्रको आवश्यकतामाथि केन्द्रिय मन्त्रीको ध्यान आकर्षित गराए। कार्यक्रममा केन्द्रिय मन्त्रीको बाहुलीद्वारा आमा सशक्तिकरण योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *