स्वच्छ सुजल शक्ति सम्मान कार्यक्रम पाकिममा समपन्न

Banner_03.jpg

पाकिम: ग्रामीण विकास विभाग अन्तर्गत स्वच्छ भारत अभियान, ग्रामीणले एडीसी (विकास) कार्यालयको समन्वयमा स्वच्छ सुजल शक्ति सम्मान कार्यक्रमको आयोजन भयो। अन्तरराष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गरिएको यस कार्यक्रममा विधायक विष्णु कुमार खतिवडा मुख्य अतिथि थिए ।कार्यक्रममा सम्बोधन गर्दै विधायक खतिवडाले अन्तरराष्ट्रिय महिला दिवस महिलाहरूका उपलब्धीहरूको सम्मान जनाउन र महिलाहरूले झेल्नु पर्ने समस्याहरूको बारेमा जागरूकता फैलाउन एउटा महत्वपूर्ण अवसर रहेको बताए। जिल्ला प्रशासनले अन्तरराष्ट्रिय महिला दिवस आयोजन गरेकोमा उनले खुशी व्यक्त गरे। विधायकले हालैमा मुख्यमन्त्रीले शुरुवात गरेको सिक्किम आमा सशक्तिकरण योजनाको बारेमा पनि प्रकाश पारे। कार्यक्रममा सिक्किम आमा सशक्तिकरण योजनाका लाभार्थीहरूलाई चेक वितरण गरियो। कार्यक्रमलाई जिल्ला उपाध्यक्ष प्रभा प्रधान, ओएसडी मुख्यालय सुनील प्रधान आदिले पनि सम्बोधन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *