कोलकाता: पश्चिम बंगालको दुई सरकारी अस्पतालहरूले असल कामको निम्ति राष्ट्रिय स्तरमा सराहना प्राप्त गरेको छ। उत्तर २४ परगनाको बशीरहाट जिल्ला अस्पताल र दक्षिण २४ परगनाको बारूईपुर सम्भागीय अस्पतालको प्रसूति विभागले यो पुरस्कार प्राप्त गर्न सक्षम बनेको छ। “लक्ष्य” परियोजना अन्तर्गत यो पुरस्कार प्रसूति विभागको गुणवत्ताको आधारमा दिइएको हो। लक्ष्य परियोजना देशभरिका अस्पतालहरूको मातृत्व विभागहरूको बुनियादी ढांचाको जाँच गर्दछ। प्रसूति रोगीहरूको उपचारमा कस्तो उपाय गरिन्छ, प्रसूति विभाग सफा छ कि छैन, कतिले सामान्य तरीकाले जन्म दिन्छन्, सी-सेक्शनको संख्या आदिको आंकलन प्रसूति विभागको गुणवत्ताबाट गरिन्छ। यस्तोमा बशीरहाट जिल्ला र बारुईपुर अनुमण्डलीय अस्पतालहरूले लगभग सबैलाई पछि छोड्दै पहिलो पंक्तिमा ठाउँ बनाएको छ।