गान्तोकमा अन्तरराष्ट्रिय महिला दिवस पालन गरियो

Untitled-1-copy-14

गान्तोकः राज्य महिला एवं बाल विकासले आज राजधानीको रिज पार्कमा अन्तरराष्ट्रिय महिला दिवस पालन गऱ्यो। कार्यक्रममा मन्त्री सन्जीत खरेल मुख्य अतिथि थिए। कार्यक्रममा बोल्दै मन्त्री खरेलले सबैमा महिला दिवसको शुभकामना व्यक्त गरे। उनले आज महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धीहरू मनाउने वैश्विक दिन रहेको बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा राज्यका महिलाहरूको सशक्तिकरणको निम्ति विशेष ध्यान दिइएको बताए।

मन्त्री खरेलले पञ्चायति राजमा महिलाहरूको आरक्षण, हालैमा शुरूवात गरिएको सिक्किम आमा सशक्तिकरण योजना आदि कार्यक्रमहरूमाथि प्रकाश पारेका थिए। उनले सिक्किमका महिलाहरू धेरै भाग्यशाली रहेको बताउॅंदै राज्यंका महिलाहरूले महत्वपूर्ण पदहरू र सुविधाहरू उपभोग गर्न पाइरहेको बताए। कार्यक्रमलाई महिला एवं बाल विकास विभाग सचिव गंगा प्रधानले पनि सम्बोधन गरेकी थिइन्। यस अवसरमा सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्ने महिलाहरूलाई सम्मानित गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *