पहाडलाई नारीले नेतृत्व दिनुपर्छ: अनित थापा
दार्जीलिङ: जीटीएको आयोजनामा आज अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियोl यस अवसरमा जीटीएका मुख्य कार्यपाल अनित थापाले भने, ‘नारी दिवस चिन्तन गर्ने दिवस हो। परिवर्तन नारीबाट नै आउनसक्छ भन्ने लाग्छ। राजनीतिमा पनि नारीको सहभागिता बढ्नुपर्छ। पहाडमा पुरुषले गर्ने राजनीतिले भनेको जस्तो ठाउँमा लानुसकेको छैन। पहाडलाई नारीले नेतृत्व दिनुपर्छl’