नारी दिवसको अवसरमा खरसाङ पुलिसद्वारा नारीहरूलाई सम्मान

IMG-20230308-WA0160.jpg

खरसाङ: अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा खरसाङ पुलिसद्वारा पुलिस प्रशासन र खरसाङ महकुमा अस्पतालमा कार्यरत् नारीहरूलाई सम्मान जनाएको छ। खरसाङ पुलिस थानाको आईसी नबेन्दु सरकारको अगुवाईमा खरसाङ पुलिस थानामा क्षेत्रमा कार्यरत् नारी पुलिसहरू सिभिक भोलेन्टियर्स र कन्सटेबलहरूलाई एक कार्यक्रमबीच सम्मान जनाइएको छ। त्यसरी नै खरसाङ महकुमा अस्पतालमा कार्यरत् नारी कर्मचारीहरूलाई पनि अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा सम्मान जनाइएको छ। उक्त सम्मान अन्तर्गत पुलिसद्वारा खदार्पणसहित फूल अनि शल ओढ़ाएर सम्मान जनाइएको छ। यस केक काटेर नारीहरूलाई वितरण पनि गरिएको छ।

यस अवसरमा खरसाङ थानाको आईसी नबेन्दु सरकारले सम्बोधन गर्दै नारीहरूले आफ्नो आफ्नो क्षेत्रमा योगदान दिईरहेकै हुन्छ। तर समाजको नजरमा नपरेको हुनसक्छ। त्यसैले आज अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा पुलिस प्रशासनद्वारा नारीहरूले गरिरहेको कामलाई सम्मान गरिएको बताएका छन्। उनले सबै नारीहरूलाई आफ्नो शरीरले सकेसम्म काम गरिरहने आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement