डीजे-को धुनमा नाँच्दै गाउँदै शवयात्रा निकालियो

00-02-59-Capture1-8.png

राजगञ्ज: एकजना वृद्धाको शवयात्रामा डीजे-को धुनमा नाँच्दै गाउँदै निकालियो। मानिसहरू शोक प्रकट गर्नको बद्ली डीजे-को धुनमा नाँच्दै गाउँदै श्मशानघाटतिर शव लगिरहेको देखियो । शवयात्राको अघि डीजे र यसको पछि परिवारका सदस्यहरू नाँच्दै गरेको देखेर मानिसहरू अचम्भित बने। यस सम्बन्धमा परिवारका सदस्यहरूले बताएअनुसार १०४ वर्ष पुगेका वृद्धा मालती सरकारको मृत्यु भएको हो। तिनको अन्तिम इच्छा अनुसार डीजे को साथमा तिनको शव नाँच्दै गाउँदै श्मशानघाटमा लगेको परिवारका सदस्यहरूले बताए। राजगञ्जको पानीकौरी अञ्चलको दुबरागछ गाउँ निवासी १०४ वर्षीय मालती सरकारको हिजो मृत्यु भएको थियो। तिनी जीवित छँदा आनन्दको साथमा आफ्नो जीवन बिताउन मन पराउन्थिन्। मृत्युपछि तिनको पार्थिव शरीर श्मशान घाटमा लैजाँदा दुखी भएर होइन हाँसी-खुसीको साथमा अन्तिम विदाई दिने तिनको अन्तिम इच्छा रहेकोले परिवारका सदस्यहरूले डीजेको धुनमा नाँच्दै गाउँदै तिनको शवयात्रा निकालेको बताइएको छ। तिनको शवयात्रामा परिवारका सदस्यहरू लगायत धेरै संख्यामा इलाकाका मानिसहरू उपस्थित थिए । वृद्धाको नातीले बताएअनुसार १०४ वर्षको उमेरमा बोज्युको मृत्यु भएको हो। तिनकै इच्छाअनुसार नै आज आफूहरूले यस प्रकारले अन्तिम संस्कार गरेको हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *