सुकुना नारी कल्याण समितिको आयोजनामा महिला दिवस पालन

00-1-IMG-20230308-WA0156

सुकुना: आज सुकुना नारी कल्याण समितिको आयोजनामा श्रीमती बिटा गिरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय महिला दिवस पालन गरियो।  पैनीकुमारी निवासी २३ वर्षीया समाज सेवीका दिव्य नागरिकलाई विशिष्ट अतिथिको रूपमा निम्त्याइएको थियोl यस अवसरमा संस्थापक सदस्य उर्मिला घिसिङ, राधिका प्रधान साथै वरिष्ठ सदस्य मीरा राईको विषेश उपस्थिति रहेको थियो। समितिकि सदस्य अरूणा राईले समितिबारेमा जानकारी दिइन्। ‘नारी दिवस त्यस दिन मात्र महत्त्व रहन्छ  जुन दिन नारी दिवस नारीले मात्र पालन नगरेर पुरुषले पनि नारीको महत्व बुझेर नारी दिवस पालन गरिदिन्छ। अहिलेसम्मको नारी  दिवस हामीले आफ्नै जन्मदिन  आफै केक काटेर आफै खाए झैं भएको छ’, भनि दिव्यले भनिन्। कार्यक्रममा श्रीमती प्रणिता छेत्रीले नारी विषयबारे वक्तव्य प्रस्तुत गरिन् भने अनुरा खवासले आफ्नै कविता ‘नारीकै रूप’ वाचन गरिन्।  दिपिका लामा,मिनु राई, मेनुका थापा, सन्जु गुरुङले आफ्नो नृत्य प्रस्तुति गरेर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको जानकारी अध्यक्ष अनुरा खवास प्रधानले दिएकी छिन्l  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement