सिलगढीः लेलिनको मूर्ति तोडफोड। बुधबार बिहान स्थानीयले नक्सलबारी आन्दोलनको शहीद वेदीमा तोडफोड गरिएको लेलिनको मूर्ति फेला पारेका थिए । घटनाको खबर फैलिएपछि स्थानीयको भीड लागेको थियो । खबर पाएलगत्तै नक्सलबारी पुलिस घटनास्थलमा पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । लेलिनको मूर्ति तोडफोड भए पनि अन्य मूर्तिहरू तोडफोड भएनन्। सीपीएम का कार्यकर्ता तथा समर्थकले घटनाका दोषीलाई कारबाही गर्न माग गरिरहेका छन् ।