खरसाङमा अन्तर्राष्ट्रीय नारी दिवस समारोहमा विभिन्न क्षेत्रहरूमा योगदान दिने नारीहरूलाई सम्बर्ध्दना

IMG-20230308-WA0152.jpg

नारीहरू आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ: सलिमा लामा

खरसाङ: खरसाङमा सम्पन्न अन्तर्राष्ट्रीय नारी दिवस समारोहमा विभिन्न क्षेत्रहरूमा योगदान दिने विशिष्ट नारी हस्तीहरुलाई सम्बर्ध्दना जनाइएको छ। नारी शक्तिको तत्त्वावधानमा अन्तर्राष्ट्रीय नारी दिवस समारोह समितिको आयोजनामा खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधानको अध्यक्षता र अडिशन एसपी (दोस्रो बटालियन आईआरबीएन सिलगढीको डेपुटी कमाण्डडेन्ट) सलिमा लामाको प्रमुख आतिथ्यमा अन्तर्राष्ट्रीय नारी दिवस समारोह सम्पन्न भएको छ। सबिता छेत्रीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण नारी शक्तिको खरसाङ महकुमा समितिको सचिव मैया ठकुरीले राखेका थिए। कार्यक्रममा नारी दिवस विषयमा उषाकिरण लामाले आफ्नो वक्तव्य राखेका थिए। कार्यक्रममा रचयिता छेत्री, बिनिता लामा बोसले कविता पठन गरेका थिए भने ऋषिका लामा, रमिला गजमेर, दावा शेर्पा, ममता मुखिया आदिले गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा कार्यक्रमको प्रमुख अतिथि एडिशनल एसपी एंव खरसाङको लाचपञ्जार निवासी सलिमा लामा, महिला फुटबल खेलाड़ीहरू स्वार्णिम छेत्री, शबनम राई, फुटबल प्रशिक्षक, बास्केट बलको मान्यताप्राप्त निर्णायक एंव खेलकूद शिक्षिका ऋचाबाला छेत्री, विश्व तामाङ सुन्दरी प्रतियोगितामा पिपल्स चोइस विजेता सेमिका लामा आदिलाई सम्बर्ध्दना पनि जनाइएको छ। उक्त सम्बर्ध्दनामा सबैलाई खदार्पणसहित फूलगुच्छा, स्मृति चिह्न र सम्बर्ध्दना पत्र प्रदान गरेर सम्बर्ध्दना जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित एडिशनल एसपी (दोस्रो बटालियन आईआरबीएन सिलगढीको डेपुटी कमाण्डडेन्ट) सलिमा लामाले आफ्नो संघर्षको विषयमा बताउँदै नारीहरूलाई कसैको पनि भरमा होइन तर आर्थिक रूपमा स्वतन्त्र हुनु पर्ने सुझाव राखिन्। उनले भनिन् – ‘सबैले नारीहरूलाई सम्मान गर्नु हवस् र नारीहरूलाई अघि बढनु दिनु हवस्। छोरीहरूलाई अघि बढ़्न दिनुहोस्, पढ्न दिनुहोस्, लैगिक सम्मान हुनुपर्छ। विशेष गरी नारी आर्थिक रूपमा स्वतन्त्र हुनुपर्छ। त्यसको लागि सरकारी नोकरी नै गर्नुपर्छ भन्ने होइन प्राइवेट काम गर्दा पनि हुन्छ तर स्वनिर्भर बन्नुपर्छ। तब कसैको दवाबमा र कसैको दमनमा बस्न पर्दैन।’

सलिमा लामाले आफ्नो संघर्षको विषयमा सम्बोधन गर्दै भनिन् – ‘म पनि खरसाङकै लाटपञ्जारकै हो। मेरो आमा-बाबा पनि कमानकै हो तर मलाई मेरो पढाईको लागि मेरी आमा बाबाले मेहनत गर्नु भयो। मैले पनि मेहनत गरे र एक वर्ष गुफा बसेर नै पढ़े अनि सफलता पाएँ। एक वर्ष मेहनत गरेर जीवनभरि फल खानुपर्छ। हामी नारीहरू ठूलो पदमा पुगेको खण्डमा नारीको मात्र होइन तर हाम्रो जातिको नाम राख्न सक्षम हुन्छौं।”
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सभासद प्रणाम रसाइली, खरसाङ नगरपालिकाको पूर्व चेयरम्यान समीरदीप ब्लोन, खरसाङ नगरपालिकाको वर्तमान भाइस चेयरम्यान एंव जीटीएको जनसम्पर्क अधिकारी सुवास प्रधान, पेमेन्द्र गुरुङ, पूर्व सभासद प्रभा छेत्री आदि उपस्थित रहेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन सभाध्यक्ष अनु प्रधान छेत्रीले राखेका थिए भने कार्यक्रमलाई ऋचा बाला छेत्री, सेमिका लामा आदिले पनि सम्बोधन गरेका थिए। आजको अन्तर्राष्ट्रीय नारी दिवस समारोह विषयमा नारी शक्ति केन्द्रीय अध्यक्षा अनु प्रधानले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement