सिलगढी: बिहान ७ बजे फुलबारीको फाँसीदेवा क्षेत्रमा एक अपरिचित शव भेटिएपछि क्षेत्रमा सनसनी मच्चिएको छ । बुधबार बिहान ७ बजे फुलबारी महानन्द ब्यारेज नजिकैको बक्स क्षेत्रमा रहेको महानन्द खोलाको किनारमा फोहोरमै फसेको अवस्थामा यात्रीले एक व्यक्तिको शव देखेपछि फाँसीदेवा प्रहरी चौकीलाई जानकारी दिएका थिए । अन्तत: घटनास्थलमा पुगेर फाँसीदेवा प्रहरी चौकीले शव बरामद गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पताल पठाएको थियो।