कोविड़ भारत: कोरोनाको ३२६ नयाँ मामिला

IMG-20230306-WA0144.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ३२६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४६,८८,६९३ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले कासैकाे मृत्यु भएन। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३०,७७५ पुगेको छ। यसरी नै यस अवधिमा २२० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४१,५४,८४२ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८०% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ३,०७६ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ६३,०८५ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९१,९३,७८,००६ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा २,९२८ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६४,३१,६५१ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement