काठमाडौं। ‘बाहुबली’की लोकप्रिय नायिका तमन्ना भाटिया होलीको बिदा मनाउन नेपाल आइपुगेकी छन्। उनले इन्स्टाग्राम एकाउन्टमा नेपालमा होली मनाएको तस्वीर पोस्ट गरेकी छिन्। भारतमा मङ्गलबार होलीको बिदा भएकाले उनी नेपाल आइपुगेकी हुन्। ‘ह्याप्पी होली फ्रम नेपाल’ भन्दै उनले शुभकामना समेत दिएकी छन्।