बङ्गलादेश: ढाकामा भीषण विष्फोट,कम्तिमा १४ जनाको मृत्यु, करिब १०० जना घाइते

00-1-Blast-in-Dhaka

ढाका: बङ्गलादेशको राजधानी ढाकाबाट बम विस्फोटको भएको समाचार छ। त्यहाँका  सञ्चारमाध्यमका अनुसार ढाकाको एउटा भवनमा भएको विस्फोटमा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। अधिकारीहरुका अनुसार विस्फोटको कारण भने खुल्नसकेको छैन। घटनास्थलमा उद्धार कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने उनले बताए। समाचारअनुसार विस्फोट ढाकाको गुलिस्तान क्षेत्रमा भएको हो। घटना मङ्गलबार साँझ करिब ४ बजेको हो। घटनास्थलमा ११ वटा दमकल सेवाका आकस्मिक इकाइ पुगेको र उद्धार कार्य जारी रहेको बताइएको छ। घाइतेहरुलाई ढाका मेडिकल कलेज अस्पतालमा लगिएको छ। यो व्यावसायिक भवन व्यस्त सिद्दिकी बजारमा अवस्थित थियो जहाँ धेरै कार्यालय र पसलहरू थिए। सात तले भवनको भुइँ तल्लामा रहेको सरसफाइ सामग्री बिक्री गर्ने पसलमा विस्फोट भएको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *