मन्त्री सञ्जित खरेललाई अभिनन्दन एवं धन्यवाद

n478179116167821428341382102301d4bf98f6c4e8f046cd2e13e7aa2fd223e38319e179c0388d986593a4.jpg

नाम्ची: नामथाङ-रातेपानीका जिल्ला पञ्चायत सदस्यगण र ग्राम पञ्चायतगणले नामथाङ-रातेपानीका विधायक एवं मन्त्री सञ्जित खरेललाई, उनको पहलमा नामथाङमा महकुमा कार्यालय स्थापना हुने भएकाले एक कार्यक्रमबीच अभिनन्दन एवं धन्यवाद जनाए।

मन्त्री खरेललाई नामथाङ बजारमा जनताले भव्य स्वागत जनाएका थिए। यस अवसरमा मन्त्री खरेलले नामथाङ बजारमा जनताको सुविधाको लागि जिल्ला पञ्चायतगणले स्थापना गरेका जिल्ला पञ्चायत कार्यालयको उद्घाटन पनि गरे। थाहा लागेअनुसार, सिक्किमको यो प्रथम समष्टिस्तरीय जिल्ला पञ्चायतगणको समष्टिस्तरीय कार्यालय पनि हो।

कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले आफूले गरेका कार्यहरूको श्रेय मुख्यमन्त्री पीएस तामाङ र जनतालाई दिने गरेको बताए। आफुले गरेका कार्यहरूको श्रेय आफुलाई नदिने अनुरोध गर्दै उनले नामथाङमा महकुमा कार्यालय निर्माण भएपछि यहाँको व्यापार-व्यवासाय बढेर जाने उल्लेख गरे।


उनले २०२४ को चुनाउमा आफुभन्दा राम्रो उम्मेदवार पार्टीले दिए उनलाई नै सहयोग गर्ने वचन पनि दिए। आफु पैसा-रूपियॉं होइन, मलामी कमाउन राजनीतिमा आएको ठोकूवा गरे। जनताको काम गर्न आफु कहिलै नभागेका बताए। एसकेएम सरकार आएपछि नामथाङ-रातेपानीमा भएका कामहरूमाथि प्रकाश पनि पारे।

कार्यक्रममा स्रोत वक्ताको रूपमा रहेका सोरेङका महकुमा अधिकारी सन्नी खरेलले महकुमा कार्यालय आएपछि घर-आगनमा प्रशासन आएको नामथाङ-रातेपानीका जनताले बुझ्नु पर्ने बताए। उनले महकुमा कार्यालयका उपलब्धी विषय पनि उल्लेख गरेका थिए।

कार्यक्रममा जिल्ला पञ्चायत उपाध्यक्ष विकास तामाङले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा जीवनदीप कल्ब खर्लोङ र एसकेएम पार्टीको कृषि प्रकोष्टले पनि मन्त्री सञ्जित खरेललाई अभिनन्दन गरेको थियो। कार्यक्रममा मन्त्री खरेलका धर्मपत्नि आशा खरेल, ग्राम विकास विभागका ओएसडी विमल खरेल, एसकेएम पार्टीका सीएलसी अध्यक्ष आरएस तामाङ आदिको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *