पद्मश्री डा. कृष्ण बिहारी मिश्रको निधन

CollageMaker_202338016196.jpg

काेलकाता: पद्मश्रीले सम्मानित विख्यात साहित्यकार डा. कृष्ण बिहारी मिश्रको ९० सालकाे उमेरमा निधन भएको छ। सोमवार राति १२:३० बजी कोलकाताको बेलियाघाटा स्थित आफ्नो निवास स्थान ७बी हरिमोहन लेनमा उनले अन्तिम सास लिए भनेि उनका छोरा कमलेश मिश्राले जनाएक।

मंगलवार दिउँसो निमतल्ला शमशान घाटमा उनको अन्तिम संस्कार गरियो। जहाँ भारी संख्यामा साहित्य र पत्रकारिता जगतका मानिसहरू उपस्थित थिए। मूल रूपमा उत्तर प्रदेशको बलिया निवासी मिश्र बलिहार गाउँको निवासी थिए। उनकी आमाको नाम बगुना देवी र पिताको नाम घनश्याम मिश्रा थियो। उनी आफ्ना माता-पिताको एकमात्र सन्तान थिए। गाउँको स्कूलमै शुरूआती पठन-पाठनपछि उनले गोरखपुरको मिशन स्कूलबाट पढ़ाई गरे र काशी हिन्दू विश्वविद्यालय र कलकत्ता विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरे।

आचार्य हजारी प्रसाद द्विवेदी सरीखे हिन्दीको प्रकाण्ड विद्वानहरूबाट उनले सिक्न पाएका थिए। कलकत्ता विश्वविद्यालयबाट उनले हिन्दी पत्रकारिता विषयमा डाक्टरेटको उपाधि प्राप्त गरेका थिए। लामो समयसम्म उनले अध्यापनको काम गरेका थिए। यही विश्वविद्यालय अन्तर्गत कलेज बंगवासी मर्निङ कलेजबाट उनी ३० जून १९९६ मा सेवानिवृत्त भएका थिए। कोलकातामा हुने साहित्यिक गोष्ठीहरू र वैचारिक मंचहरूमा उनको मूर्धन्य उपस्थिति सदैव सम्मानित मानिन्थ्यो।

पत्रकारिताको क्षेत्रमा उनको किताबहरू माइलखुट्टीहरू सरह रहेको छ। उनले चार किताबहरू पत्रकारितासित सम्बन्धित लेखेका छन्, जुन पूरा देशमा विख्यात छ। यस बाहेक उनको निबन्धहरूको एक संग्रह पनि छापेको छ। उनले संस्मरण पुस्तकहरू, जीवनी र समीक्षाहरू पनि लेखेका छन्। उनले हिन्दी साहित्य बंगीय भूमिकाको सम्पादन गर्थे। उनको कविता संकलन (नवाग्रह) पनि प्रकाशित भईसकेको छ जबकि समिधा नामको त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादन पनि गर्नेगर्थे। कलकत्ता विश्वविद्यालयबाट प्रकाशित अंग्रेजी पुस्तकको हिन्दी अनुवाद ‘भगवान बुद्ध’ पनि गरेका थिए।साहित्य र शिक्षाको क्षेत्रमा उनको योगदानको निम्ति उनलाई घर गएर पद्मश्री पुरस्कारले अलंकृत गरिएको थियो। यस बाहेक ज्ञानपीठको मूर्ति देवी पुरस्कारले पनि सम्मानित थिए। उनलाई अन्य धेरै सम्मानहरूले पुरस्कारहरूले सम्मानित गरिएको थियो। उनको निधनले कोलकाता साहित्य जगतलाई एक अपूरणीय क्षति पुगेको छ। श्री बड़ा बजार कुमार सभा पुस्तकालयको तर्फबाट यस सम्बन्धमा शोक सन्देश जारी गरी भनिएको छ, मिश्रको निधन कोलकाता मात्र होइन हिन्दी साहित्य र पत्रकारिताको क्षेत्रमा एक यस्तो शून्यको सृजन गरेको छ, जुन कहिलेपनि भर्नेछैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *