मुख्यमन्त्रीद्वारा राज्यबासीलाई होलीको शुभकामना

IMG-20230307-WA0285.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिँह तामाङले होलीको शुभ अवसरमा सिक्किमका जनतालाई बधाई तथा शुभकामना दिएका छन्‌। उनले सन्देशमा उल्लेख गरेअनुसार भारतको महत्त्वपूर्ण चाडहरू मध्ये एक होलीले नराम्रा विचारमाथि सकारात्मक विजयको प्रतीक बोध गराउँदछ। यो अवसर राम्रो ङ्गसलको मौसमको लागि आह्वान पनि हो। वर्षौंदेखि होलीले सिक्किममा धार्मिक र सामाजिक महत्त्व प्राप्त गरेको छ किनकि यो सबै धर्म र समुदायका मानिसहरूले भाग लिएको बहु-सांस्कृतिक उत्सवमा विकसित भएको छ, जसले सबैलाई रमाइलो उत्सवमा भेला हुने अवसर प्रदान गर्दछ, मुख्यमन्त्रीले सन्देशमा भने। होली पर्वमा विभिन्न रङको संयोजन हुन्छ भन्दै उनले विभिन्न समुदायहरू एकताबद्ध भई सुमधुर भ्रातृत्व र एकताको बलियो बन्धन विकास गर्न जारी रहोस्‌ भनी सन्देशमा जनाएका छन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *