सरकार गाउँमुखी भएर काम गर्दैछः मन्त्री शर्मा

IMG-20230307-WA0281.jpg

गेजिङ: पश्र्चिम सिक्किमको गेजिङ बर्मेक निर्वाचन क्षेत्रको विभिन्न वार्डस्तरीय सभा साथै समिति गठन गर्ने काम युद्धस्तरमा चलिरहेको छ। पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा एक महिनाव्यापी घरदैलो अभियान गरिएको थियो भने उक्त कार्यक्रम गत ३ मार्चको दिन रम्ङ्गूमा समापन भएको छ। यसलाई निरन्तरता दिँदै आज गेजिङ बर्मेक निर्वाचन क्षेत्रका विधायक तथा मन्त्री लोकनाथ शर्माले यस क्षेत्रको हिपेचरेक ग्राम पञ्चायतको माझँ गाउँ वार्ड, पेचरेक वार्ड र अप्पर पेचरेक वार्डको भ्रमण गर्दै वार्ड सभासँगै जनतालाई प्रत्यक्ष रूपमा भेट गरि सरकारको योजना र सहुलियतवारे जानकारी दिए। वार्डस्तरीय सभासँगै समिति गठन पछि सम्बोधन गर्दै शर्माले वर्तमान सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको ३ वर्ष ९ महिना पुगेको कलिलो सरकारले गरेको विकास योजनाहरूवारे जानकारी दिँदै सरकार गाउँ तथा कृषिमुखी रहेको बताए। सरकारले अहिले कृषि क्षेत्रको विभिन्न उत्पादनहरूमा प्रोत्साहन राशि वितरण गरिरहेको छ भने आमाहरूको आर्थिक विकास गर्ने आमा योजना शुरूवात गरेको बताए। यस क्षेत्रमा भएको विकासवारे जानकारी दिदै मन्त्री शर्माले हिपातल ग्राम पञ्चायतभित्र भएको विकास र भावी कार्यक्रमवारे जानकारी गराए। लिम्बू अनुसंधान केन्द्र तथा महात्मा श्रीजङघाको विशाल शालिक पूर्व सरकारमा लथालिङगै अवस्थामा छोडीएको थियो भने वर्तमान सरकारले त्यसलाई पूणता दिन सङ्गल भएको दाबी पनि गरे। परियोजनाको दोस्रो चरणको काम युद्धस्तरमा चलिरहेको जनाए। पेचरेक माझगॉंउमा भीएलडब्लु कार्यालय निर्माण, झोडा नालाहरू मर्मति नयॉं सडकहरूको निर्माण,लगायत अन्य धेरै कामहरू भएको उनले दाबी गरे। कार्यकर्ताहरूले पार्टी संविधानलाई आत्मसात गरेर आफ्नो जिम्मेवारी पुरा गरिदिने उनले अनुरोध गरे। आजको यस सभामा पशुपालन तथा पशुचिकित्सा सेवाका सल्लाहकार दुर्गाप्रसाद प्रधान, सिक्किम मिल्क युनियनका अध्यक्ष याम कुमार मिश्र, समष्टि स्तरीय सभापति सनवीर सुब्बा, समष्टि स्तरीय समितिका सदस्यहरु उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *