एसकेएम सरकारले नामथाङ क्षेत्रको रुप ङ्गेरेको छः मन्त्री खरेल

CollageMaker_202337234331327.jpg

गान्तोक: नामथाङ रातेपानी समष्टिका जिल्ला पञ्चायत र पञ्चायतहरूले आयोजना गरेको अभिनन्दन कार्यक्रममा समष्टिका जनताले सहभागिता जनाउँदै नामथाङ बजारदेखि क्षेत्र विधायक तथा मन्त्री सञ्जीत खरेललाई स्वागत जनाए। कसाजु सिनियर वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्षा गृहसम्म पुर्यॉंएपछि अभिनन्दन कार्यक्रम गरिएको थियो। बिहान रम्ङ्गू पुलबाट पार्टीका युवा कार्यकर्ता र स्थानीय जनताले मन्त्रीलाई भव्य स्वागत जनाउँदै सयौं गाडीको साथमा कार र्याली पनि गरेको थियो। जो नामथाङ बजारमा आएर समाप्त गरिएको थियो भने बजार परिसरमा उपस्थित भएका समष्टिका जनताले मन्त्रीलाई भव्य स्वागत जनाएका थिए। नामथाङ समष्टिमा एसडीएम कार्यालय आधिकारिक रुपले अनुमोदन भएकोमा समष्टिका सम्पूर्ण जिल्ला पञ्चायत र पञ्चायतहरूले यस कार्यक्रम आयोजन गरेको बताइएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै सन्नी खरेलले नवगठित नामथाङ महकुमाको महत्त्व, विशेषता साथै महकुमा क्षेत्रङ्गलमा स्थापित गरिने विभा अनि जनताले प्राप्त गर्ने सुविधा लगायतका विषयमा स्पष्ट पारे। कार्यक्रमलाई नाम्चि जिल्ला उपाध्यक्ष बिकास तामाङले आयोजक समितिको तर्ङ्गबाट मन्त्रीलाई धन्यवाद व्यक्त गर्दै क्षेत्र विधायक एक सशक्त भएको कारण नामथाङमा महकुमा भएको जनाउदै चारै जिल्ला पञ्चायत साथै १० वटै जीपीयूका पञ्चायतहरुको हौसला र सक्रिय सहभागीताले कार्यक्रम भव्य सङ्गल भएको जनाए! कार्यक्रममा क्षेत्र विधायकलाई सम्पूर्ण जिल्ला पञ्चायत साथै पञ्चायतहरुको तर्ङ्गबाट अंगवस्त्र सहित प्रशस्ति पत्रले अभिनन्दन जनाइएको थियो। अन्य विभिन्न सामाजिक संस्था लगायत कृषि प्रकोष्ठले पनि मन्त्रीलाई अभिनन्दन जनायो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले आङ्गू विधायक रहेसम्म मात्र समष्टिको निम्ति सेवा होइन विधायकमा नरहेपनि समष्टिको निम्ति आङ्गू समर्पित बनेर काम गर्ने जनाउदै मुख्यमन्त्री पीएस गोलेको आशीर्वादले सम्मान स्थानमा पुगेको स्पष्ट पार्दै मुख्यमन्त्रीप्रति पनि कृतज्ञता जनाए। आज नामथाङले महकुमा पाएकोमा आङ्गुलाई श्रेय होइन यसको श्रेय मुख्यमन्त्री साथै स्थानीय जनतालाई दिन चहान्छु जसले एसकेएम जस्तो जनपक्षीय काम गर्ने पार्टीलाई सत्तामा पुर्‍याएको छ उनले भने। नामथाङ बजारमा भइरहेको दीर्घलम्बित पानीको
समस्या अब एक महिनाभित्रमा समाधान हुने जनाउँदै मन्त्रीले नामथाङको नाम अहिले राज्यको कुना कुनामा सुन्ने बित्तिकै सम्मान पाउने गरेको उल्लेख गरे। नामथाङ समष्टिको सर्वाङ्गिण विकासको निम्ति हरेक नामथाङको जनता आङ्गूसँग होइन मुख्यमन्त्रीसँग कृतज्ञ हुनुपर्ने उनको भनाइ थियो। यस्तो विकासीय काम हुँदाहुँदै पनि केहि विपक्षी पार्टीबाट राजनीति रोटी सेक्नेहरुले अङ्गवाह ङ्गैलाउँदै आएको आरोप लगाए। २०२४ मा एसकेएमले सय प्रतिशत सरकार गठन गर्ने दाबी गरे। सरकारले गरेको काममा वाधा हाल्नेहरू समाजविरोधी हुन्‌ यस्तो व्यक्तिहरुलाई जनताले जराबाट उखेल्नु पर्छ भन्दै गाडी, घर, आमा योजना, गाईजस्ता योजना बाड़ने बताए। केवल चुनाव छेकमा झरिच्याउ जस्तो राजनीति रोटि सेक्ने अहिले सलबलाउदै छन्‌ अवसरबादीबाट जनता होसिया रहने आह्वान गरे। अब नामथाङको जनताले मुख्यमन्त्रीलाई धन्यवाद चाहिँ आगामी चुनावमा जुनै उमेदवार आएपनि भारीमतले जात दिलाएर धेरै जनमतले धन्यवाद दिनु पर्ने भन्दै २८/२९ वर्ष देखिको नेपालीमाथिको विदेशी कलंक मुख्यमन्त्रीले एक्कै पल्टमा समाप्त गरेको दाबी गरे। कसैले मन्त्री पद त्यागेर राजनीति रोटी सेक्ने दाउ नखेल्दा हुन्छ भन्दै उनले सांकेतिक कटाक्ष गरे। आगामी दिनमा नामथाङ समष्टिमा अझ राम्रो योजनाहरु आउने साथै मोडल स्कूलको शिलान्यास आगामी १६ तारिख गरिने बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *