सड़क दुर्घटनामा २ जनाको मृत्यु

IMG_20220614_000057.jpg

सिलगढी: आज सड़क दुर्घटनामा २ जनाको मृत्यु भएको छ। दुर्घटना सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना अन्तर्गत सालुगढा आकाशवाणी रेडियो सेन्टर नजिक भएको हो। मृतकहरूमा जलपाईगढी निवासी रञ्जीत राय (४७) र मानव राय (२६) सामेल छन्। प्राप्त जानकारीअनुसार एउटा प्राइभेट नम्बर भएको चारचक्के वाहन सालुगढा चेकपोस्टतर्फ आइरहेको समय सालुगढी आकाशवाणी रेडियो सेन्टर नजिक उक्त वाहन अनियन्त्रित भएर विपरीत तर्फबाट आइरहेको बाइकलाई धक्का दिँदा बाइकमा सवार दुईजना व्यक्ति गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर भक्ति नगर थाना र ट्राफिक गार्ड पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगे। तापनि त्यहाँका डाक्टरले तीमध्ये एकजनालाई मृत घोषित गरिदिए भने अन्य एकजना घाइतेको उपचाराधीन अवस्थामा आज बिहान मृत्यु भएको बताइएको छ। पुलिसले आज बिहान दुईवटा शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै मृतकका परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी दिएको छ। अर्कोतिर, दुर्घटनाग्रस्त दुईवटा वाहन पुलिसले आफ्नो नियन्त्रणमा लिएर छानबीन शुरू गरेको छ। उक्त घटनापछि सुइँकुच्चा ठोकेको वाहन चालकको पुलिसले खोजी शुरू गरेको बताइएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *