पाँचौ जन औषधि दिवस भव्यरूपमा पालन

IMG-20230307-WA0274.jpg

सिक्किम जस्तो सुन्दर राज्यको सेवा गर्ने अवसर पाएकोमा राज्यपालले गरे खुशी प्रकट

गान्तोक: प्रधानमन्त्री भारतीय जन औषधि परियोजना अन्तर्गत आज नयाँ एसटीएनएम अस्पतालको प्रेक्षागृहमा पाँचौ जन औषधि दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। राज्यको स्वास्थ्य एवम परिवार कल्याण विभागको पहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यपालले सिक्किम राज्यको खुबै प्रशंसा गरे। उनले सिक्किम राज्य मात्र भन्दा अन्याय हुने भएकोले सुन्दर शब्द थपेर सुन्दर सिक्किम भन्नुपर्ने बताए। केन्द्र सरकारले देशका आम मानिसहरूले औषधि किनेर उपचार गर्न सकोस् भन्ने उद्देश्यले जेनेटिक औषधि शुरू गरेको अवगत गराए। हाल देशमा ९ हजार भन्दा अधिक जेनेटिक औषधिको केन्द्र सञ्चालनमा रहेको बताउँदै आगामी २०२५ सम्म देशभरि दसहजार भन्दा अधिक केन्द्रहरूको स्थापना गरिने राज्यपालले जानकारी गराए। हाल सिक्किम राज्यमा चारवटा जेनेटिक औषधि केन्द्रहरू सञ्चालनमा रहेको र भविष्यमा राज्यको सबै जिल्ला, महकुमामा यसको केन्द्रहरू स्थापना गरिने बताए। अन्य औषधि जस्तै जेनेटिक औषधि पनि गुणस्तरीय रहेको र यसले पनि अन्य औषधि सरह नै काम गर्दै आएको दावी गरे। भारत सरकारले जेनेटिक औषधिको निम्ति शोध केन्द्र स्थापना गरेको र यस औषधिलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको बताए। विशेष गरेर कोरोनाकालमा भारतदेशले आर्थिकरूपमा कमजोर देशहरूलाई कोरोनाको औषधि पठाएर शान्ति र एकताको सन्देश दिएको अवगत गराए। उनले सिक्किम जस्तो सुन्दर र राम्रो राज्यको सेवा गर्ने अवसर प्राप्त गरेकोमा खुशी प्रकट गर्दै सिक्किमको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। सिक्किम राज्यमा यसलाई शिक्षाको क्षेत्रमा गरिएको सुधार र प्रगति जस्तै बनाएर लैजानु पर्ने सुझाउ दिए।

सोही क्रममा विभागका सचिव छेवाङ ग्याछोले देशका सबै नागरिकहरूलाई कम मूल्यमा औषधि उलब्ध गराउने उद्देश्यले यस परियोजनाको शुरूवात गरेको बताए। गत १ मार्चदेखि शुरू भएको सप्ताहव्यापी पाँचौ जन औषधि दिवस आज आएर समापन भएको उल्लेख गरे। यस औषधिलाई लिएर विशेष गरेर मानिसहरूमा जागरूकता ल्याउनु पर्ने आवश्यक रहेको सचिवले महसुस गरे। कतिपय मानिसहरूले यो औषधि अन्य औषधि जस्तो गुणस्तरीय नहुने भन्दै यो औषधि नकिनेकोमा उनले दुःख व्यक्त गरे। राज्यका सबै औषधि बिक्रेताहरूले चिकित्सकको पर्चा विना औषधि बिक्री गर्न नहुने बताए। यसरी नै ग्राहकहरूले पनि औषधि किनेपछि भुक्तान गरेको रशिद माग्नु पर्ने सुझाउ दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *