महिलाहरूको जीवनस्तर सुधार्न अवसरका नयाँ क्षितिजहरू खोल्न आवश्यकः मुख्यमन्त्री

photocollage_2022819224738579.jpg

गान्तोकः मुख्यमन्त्री प्रेमसिंह तामाङले अन्तरराष्ट्रिय महिला दिवसको शुभ अवसरमा अतुलनीय योगदानको निम्ति सम्पूर्ण आमा, दिदी-बहिनी, छोरी, अभिभावक तथा शुभचिन्तकहरूमा हार्दिक बधाई, न्यानो शुभकामना, स्रेह, उच्च सम्मान तथा शुभकामना व्यक्त गरेका छन्‌। मुख्यमन्त्रीले आज जारी आफ्नो सन्देशमा भनेका छन्‌, हरेक वर्ष ८ मार्चमा विश्वभर मनाइने अन्तरराष्ट्रिय महिला दिवस महिलाको योगदान र उपलब्धिहरू मनाउने र उनीहरूलाई सशक्त बनाउने हाम्रो संकल्प र समर्पणलाई नवीकरण गर्ने अवसर हो।

विगतमा महिलाको बहुआयामिक भूमिकालाई अदेखा गरिएको थियो भने अहिले विश्वव्यापी रूपमा मान्यता दिइएको उनले बताएका छन्‌। उनले अझ भनेका छन्‌, सशक्तिकरणको दौडमा पछाडि परेका सबै महिलाहरूको जीवनस्तर सुधार्न अवसरका नयाँ क्षितिजहरू खोल्न आवश्यक छ। महिला साक्षरता र वित्तीय साक्षरता एउटा यस्तो मञ्च हो जसले महिलाहरूलाई आवश्यक अवसरहरू प्रदान गर्छ। मुख्यमन्त्रीले आफ्नो सन्देशमा भनेका छन्‌, अन्तरराष्ट्रिय महिला दिवस महिला सशक्तिकरण र उनीहरूको उत्थानका लागि समर्पित सबै महिलाहरूलाई सलाम गर्ने अवसर पनि हो। उनीहरूका सुरक्षा, समानता र मर्यादामा आफूलाई पुनः प्रतिबद्ध गरौं र उनीहरूका सपना र आकांक्षाहरू पछ्याउने अवसरहरू प्रदान गरौं।

उनले महिलाहरूलाई अझ राम्रो फाइदा र अवसरहरू प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै महिला सशक्तिकरणका लागि समर्पित महत्त्वपूर्ण परियोजनाहरू शुरू गरिएको बताएका छन्‌। उनले हालैमा शुरू गरिएको ‘आमा योजना’ को उल्लेख गर्दै यसले महिलाहरूलाई आर्थिक सहायता प्रदान गर्ने बताएका छन्‌।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *