हाम्रो पार्टीको संचालन समितिले पूरा गरयो चूनावी वाचा!

Screenshot_20230307_225230_Gallery.jpg

सिस्टम बनाउँछु भन्नेले आज सिस्टमलाई ताकमा राखेर काम गर्दैछ: अजय एडवाडर्स

दार्जीलिङ: ‘सिस्टमको ढोल पिटनेहरूले सिस्टमलाई ताकमा राखेर काम गर्दैछ’ यो मनतब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पोखेको हो। गत साल शान्ती रानी हाई स्कूल संचालन समितिको चूनाव भएको थियो। चूनावमा शान्ती रानी हाई स्कूलमा हाम्रो पार्टीले संचालन समिति गठन गर्न सफल भएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आज शान्ती रानी हाई स्कूलको संचालन समितिसंग भेटवार्ता गरयो। यस अवधि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सको नेतृत्वमा संचालन समितिको प्रतिनिधि टोलीले शान्ती रानी हाई स्कूलको अध्यापकसंग भेटवार्ता गरयो। भेटवार्तापछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जीटीए सभाको चूनावपछि शान्ती रानी हाई स्कूलमा संचालन समितिको चूनाव भएको थियो अनि उक्त चूनावमा हाम्रो पार्टीले संचालन समिति गठन गर्न सफल भएका जनाए। शान्ती रानी हाई स्कूलको स्थापना १८९८ मा भएको थियो। यस बर्ष शान्ती रानी हाई स्कूलले आफ्नो १२५ बर्षको बर्ष गाँठ मनाउँने तय गरेको छ। शान्ती रानी हाई स्कूलमा हाम्रो पार्टीको संचालन समिति गठन भएपछि आज पहिलो पटक संचालन समितिको टोलीले स्कूलको अध्यापकसंग भेट गर्ने कार्य गरयो। शान्ती रानी हाई स्कूलको संचालन समितिको चूनाव अवधि हाम्रो पार्टीले गरेको वाचाहरू गरेका थिए, ती वाचाहरू पूरा गर्ने कार्यतिर लागेको छ भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने। संचालन समितिको चूनाव अवधि हामीले स्कूलमा लाइबेरीको निर्माण गर्ने वाचा गरेका थियौ, हामीले सप्ताह १० दिनभित्रमा स्कूलमा लाइबेरी निर्माणको सर समानहरू पाउँने छौ,त्यसरी नै सानो प्रयोगशाला, केटा र केटीहरूको निम्ति छुटटै छुटटै शौचालयको निर्माण गर्ने वाचा गरेका थियौ, शौचालय निर्माणको कार्य पूरा भई सकेको छ।पिउने पानीको निम्ति फिल्टर सप्ताह दिनभित्रमा आउँनेछ, भलीबल, फुटबल आदि जस्ता खेल कुदको सरसमान सप्ताह दिनभिमा आउँनेछ। त्यसरी नै १२ कक्ष पूरा गरेपछि उनीहरू कलेज पढन जान अधि प्राकृतिक आपदा, पर्वत आरोहण आदि जस्ता विषयहरूको तालिम दिलाउँनलाई हामी एचएमआईसंग कुराकानी गर्ने छौ हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने। त्यसरी नै भाषा ज्ञानको तालिम पनि हामी गराउँने छौ, हाम्रो भाषा नेपाली हो तर हाम्रो मातृ भाषासंग संगै अग्रेजी, हिन्दी आदि जस्ता भाषाहरूको ज्ञान हुन अति नै जरूरी छ, त्यसकारण हामीले विधार्थीहरूलाई भाषा ज्ञानको तालिम को ब्यवस्था पनि मिलाउने छौ अध्यक्ष एडवाडर्सले भने। स्कूलको शुल्क तिर्न नसक्ने विधार्थीहरूको शुल्क तिर्ने पनि हामीले निर्णय लिएका छौ अध्यक्ष एडवाडर्सले भने। जीटीए सभाको चूनावपछि शान्ती रानी स्कूलको चूनाव भयो।शान्ती रानी स्कूलको संचालन समितिको चूनाव हाम्रो पार्टीले जितेपछि त्यसपछि पहाडमा कुनै पनि स्कूल संचालन समितिको चूनाव भएको छैन यो दुर्भाग्य हो अध्यक्ष एडवाडर्सले भने।स्टिम संचालन समितिले तय गर्छ, जीटीएमा पैसा छैन तर स्कूलको पूरानो विधार्थीहरू साथै संचालन समितिले स्कूलमा सुधार ल्याउनलाई उपायहरू निकाल्न सक्छ अध्यक्ष एडवाडर्सले भने।शिक्षा जस्ता विषयमा हामी सवैले सुधार ल्याउनै पर्छ अनि सुधार ल्याउँनलाई खुला महौल हुन पर्छ अनि खुला महौल बनाउँनलाई चूनाव हुनै पर्छ। संचालन समितिले स्कूलको सुधार, शिक्षा ब्यवस्थामा सुधार ल्याउन सक्छ हामीले कुनै हरेक विषयमा राजनीति मात्र गर्नु हुदैन, शिक्षा विषयलाई राजनीतिदेखि अलग राख्न पर्छ, यौ शान्ती रानी स्कूलले डाक्टर शेर्पा जस्ता विधार्थी जन्माएको हो, रत्न बाहादूर राई उर्फ आरवी राई यौ स्कूलको विधार्थी हुन अध्यक्ष एडवाडर्सले भने। पहाडमा स्टिम ल्याउन पर्छ भन्नेले आज स्टिमलाई ताकमा राखेर स्कूल संचालन समितिको चूनाव गराएको छैन यो भन्दा ठूलो दुर्भाग्य पहाडको निम्ति अरू के हुन सक्छ भन्दै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले प्रश्न तेर्साए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *