सिक्किम भ्रमण समाप्त गरे ओडिशाका विद्यार्थीहरूले

n4781940481678208284291aa59ceb22216864d657cbf90e5f05b386736a3313f32be895b82496a50952446.jpg

गान्तोक: एक भारत श्रेष्ठ भारत कार्यक्रम अन्तर्गत ओडिशाबाट सिक्किम आएका विद्यार्थीहरूको भ्रमण समाप्त भएको छ। ओडिशाबाट ३१ जना विद्यार्थीगण र ५ जना समन्वयकको टोली गत २ फरवरीको दिन नै सिक्किम आइपुगेको थियो ।यी विद्यार्थीहरूले राज्यका विभिन्न पर्यटक एवं धार्मिक महत्वका स्थानहरूको भ्रमण गरे। विद्यार्थीहरूले एनआईटी राभाङला, जेएनभी राभाङला, बुद्ध पार्क, सिद्धेश्वर धाम, तिमी चिया बगान, नाथाङ, छाङ्गु झील आदि ठाउँहरूको भ्रमण गरे सिक्किमको भ्रमणलाई जीवनमा एकपल्टको अनुभव बताउँदै विद्यार्थीहरूले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानलाई युवा संगमको दूरदर्शी अवधारणाको निम्ति धन्यवाद दिएका छन्। यसैगरी, विद्यार्थीहरूले एनआईटी सिक्किम, आईआरसीटीसी र सिक्किम सरकारप्रति पनि आतिथ्य सत्कारको निम्ति धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement