गेजिङ: तीन दिवसीय गान्तोक भ्रमण शिक्षा विभाग, गेजिङका उप निदेशक राजेश थापाले गेजिङ जिल्लाका विद्यार्थीहरूको निम्ति झण्डा हल्लाएर शुभारम्भ गरे। यस भ्रमणका लागि जिल्लाका ३३ विद्यालयबाट ६६ टपरलाई चयनित गरिएको छ। विद्यार्थीहरू कक्षा १२ का टपरहरू हुन्। उनीहरूलाई गान्तोक-छाङ्गु भ्रमणको निम्ति चयनित गरिएको छ।