राज्यवासीहरूलाई राज्यपालले होलीको दिए बधाई

CollageMaker_20233623142767.jpg

गान्तोक: होलीको शुभ अवसरमा सिक्किमवासीहरूलाई सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले हार्दिक बधाई दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, होली, जसलाई ‘वसन्तोत्सव’ पनि भनिन्छ, वसन्तको आगमनलाई चिन्हित गर्दै रंगहरूको चाडको रूपमा मनाइन्छ।वसन्तको आगमनले जसरी प्रकृति हरियो, आकर्षित बन्दछ, वातावरण सुगन्धले भर्छ, रंगहरूको चाडले सिक्किमवासीहरूको जीवनमा खुशी, समृद्धि र प्रगतिको सौगात लिएर आओस्।राज्यपालले सबैलाई मिलेर जिम्मेवारीपूर्वक आफ्नो स्वास्थ्यको ध्यान राख्दै अनि पर्यावरणको सम्मान गर्दै पर्यावरण अनुकूल रंगहरू प्रयोग गर्न र जलको संरक्षण गर्न आह्वान गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement