गान्तोक: प्रधानमन्त्री भारतीय जन औषधि परियोजना अन्तर्गत आज नयाँ एसटीएनएम अस्पतालको प्रेक्षागृहमा पाँचौ जन औषधि दिवस भव्यरूपमा पालन गरियो। यस अवसरमा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्य मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। राज्यको स्वास्थ्य एवं परिवार कल्याण विभागको पहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा राज्यपालले सिक्किम राज्यको निकै प्रशंसा गरे। उनले सिक्किम राज्य मात्र भन्दा अन्याय हुने भएकाले सुन्दर शब्द थपेर सुन्दर सिक्किम केन्द्र सरकारले देशका आम मानिसहरूल आषाध किनेर उपचार गर्न सकोस् भन्ने उद्देश्यले जेनेरिक औषधि शुरू गरेको अवगत उनले गराए। हाल देशमा ९ हजारभन्दा अधिक जेनेरिक औषधिको केन्द्र सञ्चालनमा रहेको बताउँदै आगामी २०२५ सम्म देशभरि दस हजारभन्दा अधिक केन्द्रहरूको स्थापना गरिने राज्यपालले जानकारी गराए हाल सिक्किम राज्यमा चारवटा जेनेरिक औषधि केन्द्रहरू सञ्चालनमा रहेको र भविष्यमा राज्यका सबै जिल्ला र महकुमामा यसका केन्द्रहरू स्थापना गरिने बताए। अन्य औषधि जस्तै जेनेरिक औषधि पनि गुणस्तरीय रहेको र यसले पनि अन्य औषधि सरह नै काम गर्दै आएको उनले दावी गरे। भारत सरकारले जेनेरिक औषधिको निम्ति शोध केन्द्र स्थापना गरेको र यस औषधिलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिइसकेको उनले बताए। विशेष गरेर कोरोनाकालमा भारत देशले आर्थिकरूपमा कमजोर देशहरूलाई
कोरोनाको औषधि पठाएर शान्ति र एकताको सन्देश दिएको अवगत गराए। उनले सिक्किम जस्तो सुन्दर र राम्रो राज्यको सेवा गर्ने अवसर प्राप्त गरेकोमा खुशी प्रकट गर्दै सिक्किमको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे। सिक्किम राज्यमा शिक्षाको क्षेत्रमा गरिएको सुधार र प्रगति जस्तै बनाएर लैजानु पर्ने सुझाउ दिए।
सचिव छेवाङ ग्याछोले देशका सबै नागरिकहरूलाई कम मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले यस परियोजनाको शुरूवात गरिएको बताए। गत १ मार्चदेखि शुरू भएको सप्ताहव्यापी पाँचौ जन औषधि दिवस आज आएर समापन भएको उनले जानकारी गराए। यस औषधिलाई लिएर विशेष गरेर मानिसहरूमा जागरूकता ल्याउनु पर्ने आवश्यक रहेको सचिवले महसुस गरे। उनले राज्यका सबै औषधि बिक्रेताहरूले चिकित्सकको पर्चा विना औषधि बिक्री गर्न नहुने बताए।