गान्तोकः सिक्किम एथलेटिक्स एसोसिएशनले १८औं नेशनल युथ एथलेटिक्स च्याम्पियनशीपमा भाग लिन राज्यका पाँचजना जुनियर खेलाडीको चयन गरेको छ। उक्त च्याम्पियनशीप आगामी १० देखि १२ मार्चसम्म कर्नाटकमा हुनेछ। संघले एउटा कार्यक्रम आयोजन गरेर प्रतिभागी खेलाडीहरूलाई शुभकामनासहित शुभ यात्राको कामना गरेको छ। कार्यक्रममा उपस्थित संघका अध्यक्ष तेन्जिङ लोडेन लेप्चा, वरिष्ठ सदस्या चेयरमेन छुङछुङ भोटिया तथा अन्यहरूले खेलाडीहरूलाई शुभकामना व्यक्त गरे।
संघले खेलाडीहरूको निम्ति आवश्यक व्यवस्था गरिदिएको बताइएको छ। च्याम्पियनशीपको निम्ति चयनित खेलाडीहरूको नाम सबिन राई, सपना खनाल, कुङ्गा नीमा काजी, आञ्चल राई र आयुष तामाङ रहेका छन्। सिक्किम राज्य टोली भोलि प्रस्थान हुने बताइएको छ।