तिमी नाम्फिङ निर्वाचनमा ६ परिवार एसकेएममा सामेल

IMG-20230307-WA0280.jpg

गान्तोक: एसकेएम पार्टी सरकारको कार्यप्रणालीदेखि प्रेरित भएर हाल विभिन्न पार्टीका कार्यकर्ताहरू एसकेएम पार्टीमा सामेल भइरहेका छन्। सोही क्रममा विपक्षी दलहरूका वरिष्ठ सदस्यहरू र विभिन्न वार्डका सक्रिय समर्थकहरू सहित ६ परिवारका सदस्यहरू औपचारिक रूपमा एसकेएम पार्टीमा प्रवेश गरेको जानकारी गराइएको छ।

राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको व्यावहारिक नेतृत्वमा एसकेएम सरकारले विकासीय कार्यहरूको लागि सबै क्षेत्रहरूमा परिवर्तन ल्याउने प्रयास गरेकोमा प्रभावित बनेर विभिन्न पार्टीका सदस्य़हरू एसकेएम पार्टीमा सामेल भएको बताइएको छ। यसरी नै तिमी नाम्फिङ निर्वाचन क्षेत्रबाट 6 परिवार एसकेएम पार्टीमा सामेल भएका छन्, भने उनीहरूलाई क्षेत्र विधायक बीएस पन्तले पार्टीमा स्वागत जनाउँदै आगामी दिनमा एसकेएम पार्टीको नीति र सिद्धान्तलाई शिरोपर गर्दै काम गर्ने आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement