हाम्रो पार्टीको सभामा पंचायत चुनावको चर्चा

00-1-IMG-20230307-WA0231

दार्जीलिङ: दार्जीलिङको माल रोड स्थित हाम्रो पार्टीको केन्द्रीय कार्यलय पी कोठीमा केन्द्रीय कमिटीको सभा सम्पन्न भयो। पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभामा नयाँ केन्द्रीय कमिटीका सदस्यहरूलाई भब्य स्वागत जनाउँने कार्य भयो। सभामा पार्टी केन्द्रीय कमिटि सदस्य एंव सभासद रोबर्ट छेत्री, रूबेन दास प्रधान, सन्नी बम्जन, गोपाल परियार, सदस्य पूरण तामाङ, साकाल देवान, श्रीमती शारदा राई सुब्बा आदि उपस्थित रहेका थिए।

सभामा अब हुने पंचायत चुनावबारेमा गहन चर्चा-परिचर्चा गरिएको जानकारी सभासद रोबर्ट छेत्रीले दिएको छ। उनले भने, ‘हाम्रो पार्टीले आफ्नो गठनकालदेखि नै जनताको राजको कुरा गर्दै आइरहेको छ। विगत धेरै वर्षदेखि दार्जीलिङ पार्वतीय क्षेत्रमा पंचायत चुनाव नभएकोले पहाडको ग्रामीण क्षेत्रहरूमा विकाश पूग्न सकेको छैन। देश स्वाधीनता भएको यतिका वर्षहरू बितिसक्दा पनि दार्जीलिङ पहाडको दुर्गम क्षेत्रहरूमा बाटो, पिउने पानी, बिजुली पुग्नसकेको छैन। हाम्रो पार्टीका अध्यक्ष अजय एडवडर्सले धेरैवटा गाउँहरूमा कच्चा नै भए पनि बाटो, पिउने पानीको व्यवस्था पनि गरिदिएका छन्। तर समग्रमा भन्नु पर्दा यी बुनियादी सुविधाहरू जनतालाई दिलाउने दायित्व क्षेत्रीय सरकार र व्यवस्थाको होl’

उनले अझ भने, ‘जनताको सुविधाको निम्ति सरकारले धेरै योजनाहरू तयार गरेको छ, तर ती योजनाहरू पहाडको ग्रामीण स्तरमा पुग्नसकेको छैनl त्यसैले हाम्रो पार्टीले जनता राजको कुरा गरेको हो। अब हुने पंचायत चुनावमा समस्त पहाडवासीले पहाडमा जनताको राज ल्याउन कम्मर कस्नु पर्छ। पहाडमा जनताको राज आए, जनता नै मालिक हुनेछन्, पहाडमा जनताको राज ल्याउन हामी एकबद्व बनौंl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement