मन्त्री नेपालले गरे २५१ लाभार्थालाई सिन्टेक्स वितरण

IMG-20230307-WA0278.jpg

गान्तोक: प्रधानमन्त्री कृषि सिँचाइ योजना अन्तर्गत आज सिक्ताम टिकपुर ग्राम पञ्चायत यूनिटमा माइक्रो इरिगेसनमाथि कृषकहरूलाई एक सचेतना कार्यक्रम आयोजना गरियो। यस कार्यक्रममा राज्यका कृषि विभाग मन्त्री लोकनाथ नेपाल मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। उक्त कार्यक्रममा सिक्ताम टिकपुर जीपीयूका कूल २५१ परिवारलाई सिन्टेक्स वितरण गरियो। मन्त्री नेपालले लाभार्थीहरूलाई बधाई दिँदै उत्पादनमा बृद्धि गर्न उपलब्ध स्प्रिंकलर र ड्रिप सिँचाइ सेटको विवेकपूर्ण उपयोग गर्न सुझाव दिए। उनले प्राविधिक प्रणाली जडानका लागि सम्बन्धित विज्ञले घर–घरमा जाने सम्वन्धित अधिकारीहरूलाई सुझाउ दिए।

उनले नयाँ ल्याइएका प्रोत्साहनयुक्त कृषि योजना र मुख्यमन्त्री प्रेमसिंह तामाङको किसान समुदायको उत्थान गर्ने दृष्टिकोणमाथि पनि प्रकाश पारे।कार्यक्रममा कल्याणकारी बोर्डका अध्यक्ष पीके सुब्बा, पञ्चायतहरू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *