लघु हरर फिल्म सीमा-लाई उत्कृष्ट निर्देशनको पुरस्कार

pj

गान्तोकः महिलामाथि हुने अपराध विश्वमा कुनै नौलो घटना होइन। देशको राजधानी दिल्लीमा २०१२ को निर्भय काण्ड महिलामाथि भएको एउटा जघन्य अपराध थियो। जहाँ एकजना महिलाको सामुहिक बलात्कारपछि हत्या गरिएको थियो। यसले व्यापक आक्रोश उत्पन्न ग-यो र यसको विश्वव्यापी रुपमा निन्दा पनि भयो। महिला विरुद्धको अपराध आजको ठूलो समस्या हो। बढ्दो शहरीकरण र रोजगारको खोजीमा निस्केका तथा रोजगारको कारण एकल जीवनयापन गर्ने महिलाहरुका निम्ति यस्तो अपराध जोखिमपूर्ण समसया हो। यस्तो अपराधले जात, जातीय समूह र राष्ट्रियताको भेदभाव नगरी सबै जातिका महिलाहरूलाई असर गर्छ।

यस्तै महिला अपराधलाई लिएर पूर्व सिक्किम रोङ्गे निवासी केसाङ वाङचुक भोटियाद्वारा निर्देशित लघु हरर मुभी “सीमा” लाई कोलकातामा आयोजित इन्डियन इन्टरनेशनल सिनेमा युनिभर्स फिल्म फेस्टिवलमा उत्कृष्ट निर्देशनको पुरस्कार प्राप्त भएको छ। साथै विश्वको विभिन्न देशहरूमा आयोजन हुने फित्म फेस्टिवलहरूमा पनि प्रदर्शनीको निम्ति यो लघु हरर मुभी “सीमा” छनौट भएको छ। लाइफ अव्‌ ग्लोबल नेटवर्कद्वारा आयोजन गरिने “फर्स्ट टाइम फित्ममेकर सिजन” ले यो लघु हरर मुभी “सीमा” लाई युनाइटेड किङङममा प्रदर्शनी गर्ने भएको छ। ट्टीन्स हिल्सको प्रस्तुतीमा छुङदेन भोटियाद्वारा निर्माण गरिएको यो ‘लघु चलचित्रको पटकथा, सम्पादन साथै सिनेमाटोग्राफी निर्देशक स्वंय केसाङ वाङचुक भोटिया रहेका छन्‌। यस लघु चलचित्रमा अनिता राई र येजरला वाङचुक भोटियाको अभिनय रहेको छ। यो लघु चलचित्र “सीमा” शहरमा एक्लै बस्ने महिलाहरू माथि हुने अमानवीय अपराधको शिकार भएकी केटीको कथा हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement