मुख्यमन्त्री तामाङद्वारा कनराड के. साङ्गमाको सफल कार्यकालको कामना

CollageMaker_20233720196917.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले कनराह के. साङ्गमालाई सफल कार्यकालको बधाई र शुभकामना गरेका छन्।
कराड के. साङ्गमाले दोस्रोपल्ट लगातार मेघालयका मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् मेघालयको राजभवनमा आज आयोजित एक समारोहबीच राज्यपाल फागू चौहानले साङ्गमालाई पद एवं गोपनीयताको शपत दिलाए। यस अवसरमा देशका प्रधानमन्त्री नरेन्द्र मोदी विशेषरूपमा उपस्थित थिए। मुख्यमन्त्री प्रेससिंह तामाङलाई पनि शपत ग्रहण समारोहमा सहभागी बन्न निमन्त्रण गरिएको थियो। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सिक्किमेली जनताको तर्फबाट साङ्गमालाई दोस्रोपल्ट लगातार मेघालयको मुख्यमन्त्री बनेकोमा बधाई दिएका छन्। उनले मुख्यमन्त्री साङ्गमाको सफल कार्यकालको कामना गरेका मुख्यमन्त्री साङ्गमाले आफ्नो क्षमताअनुसार मेघालयका जनताका गरिरहने छन् भनी उनले आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement