शिलङ: मुख्यमन्त्रीसित अन्य एघारजना विधायकहरूले पनि मन्त्री पदको शपथ ग्रहण गरे। प्रधानमन्त्री नरेन्द्र मोदी शपथ ग्रहण समारोहमा विशेष रूपमा उपस्थित थिए। पूर्वोत्तरको दुई दिवसीय दौड़ाह अन्तर्गत गुवाहाटी आइपुगेपछि प्रधानमन्त्री बोरझार हवाई अड्डादेखि हेलिकाप्टरको माध्यमबाट मेघालयको राजधानी शिलंग पुगे जहाँ उनलाई मेघालयका राज्यपाल फागू चौहान, कनराड संगमा सहित अन्य वरिष्ठ नेताहरूले स्वागत जनाए। यसपूर्व गुवाहाटीमा असमका राज्यपाल गुलाब चन्द कटरिया, मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा, असम सरकारका मन्त्री आदिले प्रधानमन्त्रीलाई स्वागत जनाए। मेघालय सरकारको शपथ ग्रहण समारोहमा केन्द्रिय गृहमन्त्री अमित शाह, भाजपाका राष्ट्रीय अध्यक्ष जेपी नड्डा, सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ, भाजपाका पूर्वोत्तर प्रभारी सम्बित पात्रा लगायत असमका मुख्यमन्त्री एवं नेडाका संयोजक डा. हिमन्त बिस्व सरमा उपस्थित थिए। एनपीपी-भाजपा गठबन्धन सरकारमा मुख्यमन्त्री कराड के संगमा सहित एघारजना विधायकहरूले पद र गोपनीयताको शपथ ग्रहण गरे भने यिनीहरूमध्ये एनपीपीका ८, यूडीपीका २, भाजपाका १ तथा एचएसपीडीपीका १ विधायकले मन्त्री पदको शपथ ग्रहण गरे। संगमा मन्त्रीमण्डलमा एकजना महिला विधायकलाई पनि मन्त्री बनाइएको छ।