भाजपाको चुनावी घोषणा पत्र जारी

IMG-20220613-WA0123.jpg

सिलगढी: भाजपाले आज सिलगढी महकुमा परिषद चुनाउको निम्ति चुनावी घोषणा पत्र जारी गरेको छ। सिलगढीको मल्लागढीस्थित पार्टी कार्यालयमा आज एउटा पत्रकार सम्मेलनद्वारा सांसद राजु विष्ट र विधायक आनन्दमय बर्मनको उपस्थितिमा भाजपाले आफ्नो घोषणा पत्र जारी गर्यो। यस अवसरमा सांसद राजु विष्टले भने, महकुमा परिषद चुनाउमा भाजपाले जीत हासिल गरेर बोर्ड गठन गरेको खण्डमा सबैभन्दा पहिला महकुमा परिषद बोर्डमा पारदर्शिता ल्याउनेछौँ। महकुमादेखि लिएर ब्लक स्तरसम्म केन्द्र सरकारको डिजिटलाइजेसन पुऱ्याउनेछौँ। यसको साथै केन्द्र सरकारको ग्रामीण इलाकाहरूको निम्ति प्रदान गरिएको परियोजनाहरूको लाभ यस क्षेत्रको मानिसहरूसम्म पुयाउनेछौँ। आगामी २०२४ सम्म महकुमा, पञ्चायत र ब्लक स्तरको सबै घरहरूमा केन्द्र सरकारको परियोजना अन्तर्गत पिउने पानीको व्यवस्था गरिदिनेछौँ। चियाकमान क्षेत्रहरूमा बसोबासो गर्ने मानिसहरूलाई जमिनको पट्टा प्रदान गरिनेछ भने धेरै समय अघिदेखि चलिआएको चियाकमानको न्यूनतम मजदुरीको समस्या पनि समाधान गरिदिनेछौँ। उक्त समस्याको समाधानको लागि केन्द्र सरकारले पहिला नै नियम बनाइदिएको छ। तिनले अझ भने, बलासनदेखि बङ्गाल सफारी पार्कसम्म ६ लेन ब्रिज र १४ किलोमीटर सडक निर्माणको लागि केन्द्र सरकारबाट स्वीकृति पाइसकेको छ। लगभग एक हजार करोड़ रुपियाँको लागतमा यसको निर्माण गरिनेछ। निर्माणको लागि टेन्डर प्रक्रिया शुरू भइसकेको छ भने चाँडै नै यसको काम शुरू हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *