लखीमपुर: एक युवकको लखीमपुर जिल्लाको पथलीपहाड़ क्षेत्रमा ट्रेनको चपेटमा परी घटनास्थलमै मृत्यु भयो। पुलिसले मंगलवार जानकारी गराएको छ, असम अरुणाचल प्रदेशको सीमावर्ती क्षेत्र पथलीपहाड़मा रेलवे ट्रेक पार गरिरहेको समय एक युवक ट्रेनको चपेटमा पर्यो। जसले गर्दा उसको घटनास्थलमै मृत्यु भयो।मृत युवकको पहिचान पथलीपहाड़ गाउँ निवासी भास्कर दत्तको रूपमा गरिएको छ। घटनाको जानकारी स्थानीय मानिसहरूद्वारा बन्दरदेवा पुलिसलाई दिइयो। घटनास्थलमा पुगेको स्थानीय पुलिसले घटनाको जानकारी रेलवे पुलिसलाई दियो। रेलवे पुलिसले मृत युवकको शवलाई पोस्टमार्टमको निम्ति लखीमपुर मेडिकल कलेज एण्ड अस्पतालमा पठाएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।