ट्रेनको चपेटमा परी एक व्यक्तिको मृत्यु

195f6182-604f-11e8-b354-8e7f0da49342.jpg

लखीमपुर: ट्रेनको चपेटमा परी एक युवकको घटनास्थलमै मृत्यु भयो। यो घटना लखीमपुर जिल्लाको पथली पहाड़ क्षेत्रको हो।पुलिसले मंगलवार जानकारी गराएको छ, असम अरूणाचल प्रदेशको सीमावर्ती क्षेत्र पथलीपहाड़मा रेलवे ट्रेक पार गरिरहेको समय एक युवक ट्रेनको चपेटमा पर्यो औ उसको घटनास्थलमै मृत्यु भयो। मृत युवकको पहिचान पथलीपहाड़ गाउँ निवासी भास्कर दत्तको रूपमा गरिएको छ। घटनाको जानकारी स्थानीय मानिसहरूद्वारा बन्दरदेवा पुलिसलाई दिइयो। घटनास्थलमा पुगेको स्थानीय पुलिसले घटनाको जानकारी रेलवे पुलिसलाई दियो। रेलवे पुलिसले मृत युवकको शवलाई पोस्टमार्टमको निम्ति लखीमपुर मेडिकल कलेज एण्ड अस्पतालमा पठाएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *