रेल मन्त्री अश्विनी वैष्णवले गरे निर्माणाधीन रेल परियोजनाको भ्रमण

IMG_20230307_172941.jpg

गान्तोक: निर्माणाधीन सेवक रम्फू रेल परियोजनाको निरीक्षण केन्द्रिय रेल सञ्चार तथा इलेक्ट्रोनिक्स एवं सूचना प्रौद्योगिकी मन्त्री अश्विनी वैष्णवले भ्रमण गरेका छन्। यस भ्रमण अवधि उनले उत्तर पूर्वी सीमान्त रेलवेका अधिकारीहरू र आईआरसीओएनका प्राविधिक दलसँग अन्तरक्रिया गरे। केन्द्रिय रेल मन्त्रीले सिक्किममा पर्ने १४ नम्बरको सुरूङ भ्रमण गरे। रहल १३ वटा सुरूङ पश्चिम बंगाल क्षेत्रमा पर्छ। यस भ्रमणका साथै उनको तीन दिवसीय सिक्किम भ्रमण पनि समाप्त भएको छ।

केन्द्रिय मन्त्रीलाई राज्य परिवहन विभाग मन्त्री एमएन शेर्पा, विधायक वाईटी लेप्चा, चेयरमेन केके ठटालले स्वागत गरेका थिए। यस अवसरमा पाकिमका जिल्लापाल, रम्फूका एसडीपीओ तथा अन्य अधिकारीगण पनि उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *