सिक्किम साहित्य सम्मेलनले सभा

IMG_20220613_233714.jpg

नाम्ची। हिज दक्षिण सिक्किम साहित्य सम्मेलनले एउटा जरुरी सभा सम्मेलनका अध्यक्ष डा. नयन राईको सभाध्यक्षमा सम्पन्न भयो। आफ्नो कार्यालयमा सम्पन्न सभामा वरिष्ठ साहित्यकार एवं लिम्बू भाषाका ज्ञाता बीबी मुरिङलाको आत्माको चीर शान्तिकाे लागि एक मिनटको मौन धारण गरियो। त्यसपछि सम्मेलनका उपाध्यक्ष दलमान डी. गुरुङद्वारा स्व. बीबी मुरिङलाको जीवनी र योगदान विषयमाथि संक्षिप्त रूपमा जानकारी गरियो।
यसरी नै सम्मेलनको रजत जयन्ती स्मारिका पत्रिकालाई चॉंडै प्रकाशनमा ल्याउनुपर्ने भएकोले रचनाहरू संग्रह गर्नुपर्ने विषयमाथि पनि संक्षिप्तरूपमा सर-सल्लाह गरियो। भानु उद्यान परिसरमा निर्माण भइरहेको पुरानो भवनलाई सकेसम्म सम्मेलनले आफ्नो अधीनमा ल्याउनुपर्ने विषयमाथि पनि चर्चा गरियो भने यही अडानलाई अझै बलियो बनाउनुपर्ने सुझावहरू जयदीप सुब्बाले (सल्लाहकार) सभामा राखे।
सभाले आगामी सभामा भानु जयन्तीकाे कार्यक्रमकाे आयाेजना विषय सर-सल्लाह गर्ने निर्णय लिएकाे छ भनी सम्मेलनका प्रचार सचिव पेमनर्बु शेर्पाले जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *