एफए कपः पेनल्टी शूटआउटमा लिभरपूल च्याम्पियन

photocollage_202251515128266.jpg

१५ मईः रोमाञ्च र उत्तेजनाले भरिएको पेनल्टी शूटआउटमा लिभरपूलले चेल्सीलाई ६-५-ले पराजित गरी ईंग्लिश एफए कप (द फूटबल एसोसिएशन च्यालेञ्ज कप)-को खिताब जित्यो। शनिवार राति वेम्बले स्टेडियममा खेलिएको फाइनलमा नियमित समय र अतिरिक्त समयमा पनि स्कोर ०-०-मा रहेको थियो। वैकल्पिक (सब्स्टीट्यूड) खेलाड़ी कोस्टास सिमिकासले निर्णायक स्पट किकलाई नेटमा हालेर चेल्सीको लिभरपूललाई च्याम्पियन बनाए। त्यसअघि चेल्सीका कप्तान सेसार एजपिलिक्वेटाको शट् पोस्टमा लागेर फर्कियो भने लिभरपूलका गोलकीपर एलिसनले मेसन माउण्टको शट्लाई बचाए। गोलकीपर एडोआर्ड मेण्डीले सेडियो मानेको पेनल्टीलाई शेभ गरी चेल्सीको आशालाई जीवित राखेका थिए तर त्यस प्रयासले लिभरपूललाई २००६ पछि पहिलोपल्ट ट्रफी जित्नदेखि रोक्न सकेन। यसरी फाइनल म्याच गत फरवरी महिना खेलिएको लीग कप फाइनलको कार्बन कपी रह्यो। त्यस समय पनि गोलरहित (०-०) म्याचको पेनल्टी शूटआउटमा ११-१०-ले जीत हासिल गरी लिभरपूल च्याम्पियन बनेको थियो। शनिवार रातिको जीतपछि लिभरपूलले यस सीजनमा क्वाड्रपल (एक सीजनमा चारवटा प्रतिष्ठित ट्रफी) जित्ने सम्भावनालाई जीवित राख्यो। लिभरपूल अहिले ईंग्लिश प्रीमियर लीग खिताब जित्ने होड़मा म्यानचेष्टर सिटीभन्दा केवल ३ पोइण्ट पछि रहेको छ जबकि २-२ वटा म्याच बाँकी रहेको छ। यसरी नै च्याम्पियन्स लीगको फाइनलमा लिभरपूलले रियल म्याड्रिडको चुनौती स्वीकार्नेछ। च्याम्पियन्स लीगको फाइनल २८ मईमा खेलिनेछ। म्याचपछि लिभरपूलका प्रशिक्षक जुर्गेन क्लोपले भने, मलाई आफ्ना खेलाड़ीहरूमाथि गर्व छ। चेल्सीले आज असाधारण प्रदर्शन गऱ्यो तर अन्तमा एउटा टीम च्याम्पियन बन्छ अनि आज हाम्रो दिन थियो। यसबीच चेल्सीले चाहिँ एफए कपको फाइनलमा लगातार तीनपल्ट हार्ने रेकर्ड बनायो। चेल्सी यसअघि २०२०-मा आर्सनल र गत वर्ष लिस्टर सिटी विरुद्ध फाइनलमा हारेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *