६ मार्चः महिला प्रीमियर लीग (डब्ल्यूपीएल) टी२० टुर्नामेण्टको म्याचमा मुम्बई इण्डियन्स वूमन्सले रोयल च्यालेञ्जर्स बेंगलोर वूमन्सलाई सजिलैसँग ९ विकेटले पराजित गऱ्यो। मुम्बईको ब्रेबोर्न स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै रोयल च्यालेञ्जर्स बेंगलोर वूमन्सको टीम १८.४ ओभरमा १५५ रन बनाएर अलआउट भयो। रिचा घोषले सर्वाधिक २८ रन बनाइन्। यसरी नै कप्तान स्मृति मन्धना र श्रेयंका पाटिलले २३-२३ रनको योगदान दिइन्। कनिका अहुजाले २२ र मेगान शूटले २० रन बनाइन्। मुम्बई इण्डियन्स वूमन्सकी बलरहरूमा हेले म्याथ्यूजले सर्वाधिक ३ विकेट हासिल गरिन्। यसबाहेक साइका इसाक र अमेलिया केरले २-२ विकेट हासिल गरिन्।

जवाफमा मुम्बई इण्डियन्स वूमन्सले ३४ बल बाँकी रहँदै १ विकेट गुमाएर १५९ रन बटुलेर सजिलै ९ विकेटले जीत हासिल गऱ्यो। मुम्बई इण्डियन्स वूमन्सबाट ओपनर हेले म्याथ्यूले अविजित ७७ रन बनाइन्। उनले ३८ बल खेलेर १३ वटा चौका र एउटा छक्का लगाइन्। यसबाहेक नेट साइवर ब्रण्टले २९ बलमा ९ वटा चौका र एउटा छक्काको साथ अविजित ५५ रन बनाइन्। मुम्बईको फ्रेञ्चाइजीले एकमात्र विकेटको रूपमा यास्तिका भाटियालाई गुमायो। यास्तिकाले ९ बलमा २३ रन बनाइन्। डब्ल्यूपीएल-मा मुम्बई इण्डियन्स वूमन्सको यो लगातार दोस्रो जीत हो। यसरी नै रोयल च्यालेञ्जर्स बेंगलोर वूमन्सको चाहिँ यो लगातार दोस्रो हार हो। मुम्बई इण्डियन्स वूमन्स अहिले पोइण्ट्स टेबलको शीर्ष स्थानमा रहेको छ।