मेघालय विधानसभामा एनपीपी सुप्रीमो कनराड र अन्य विधायकले शपथ ग्रहण गरे

CollageMaker_20233623133218.jpg

शिलंग: एनपीपी सुप्रीमो कनराड संगमाले अन्य नवनिर्वाचित विधायकहरूसित सोमवार मेघालय विधानसभामा विधायक पदको शपथ ग्रहण गरे। प्रोटेम स्पीकर टिमोथी डी. शिराले नवनिर्वाचित विधायकहरूलाई शपथ ग्रहण गराए। कनराड संगमा ६० सदस्यीय विधानसभामा ४५ विधायहरूको समर्थनवाला एनपीपीको नेतृत्ववाला गठबन्धनको अघिल्लो एनडीए सम्बद्ध मेघालय डेमोक्रेटिक एलायन्स (एमडीए) ०२ सरकारका मुख्यमन्त्री हुनेछन्। कनराड संगमाले आफ्नो मन्त्रीमण्डलका सदस्यहरूसित मंगलवार प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रिय गृहमन्त्री अमित शाह, भाजपाका अखिल भारतीय अध्यक्ष जेपी नड्डा, भाजपाका उत्तर पूर्वी राज्यका प्रभारी सम्बित पात्रा, पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्री एवं असमका मुख्यमन्त्री तथा नेडाका संयोजक डा. हिमन्त बिस्व सरमा आदिको उपस्थितिमा शपथ ग्रहण गर्नेछन्। राजभवनमा राज्यपाल फागू चौहानले उनलाई पद अनि गोपनीयताको शपथ दिलाउनेछन्।उल्लेखनीय छ कि विधानसभामा एनपीपी २० विधायकहरू भएको सबैभन्दा ठूलो पार्टी हो। मेघालयमा एमडीए-०२ गठबन्धनको सरकार हुनेछ जसमा क्रमशः यूडीपीका ११ , भाजपाका २ पीडीएफका २, एचएसपीडीपीका २ र २ निर्दलीय विधायक हुनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *