गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भुम्चुको शुभ अवसरमा सिक्किमका मानिसहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्। आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, भुम्बुको पर्वले सिक्किमवासीहरूको जीवनमा सुख, शान्ति र समृद्धिको निम्ति प्रार्थनाहरूको प्रतिनिधित्व गर्दछ।’ यो शुभ अवसरले सिक्किमको संस्कृतिलाई बलियो अनि समृद्ध बनाओस् तथा हाम्रा संरक्षक देवताहरूको आशीर्वाद हामी सबैमाथि सदैव बनिरहोस् भनी कामना गरेका छन् ।राज्यपालले सबै संवेदनशील प्राणीहरूको कल्याणको निम्ति संरक्षक देवताहरूसँग प्रार्थना गर्न आह्वान पनि गरेका छन्।
About Author
Post Views: 225