‘हर घर जल’ योजनाबारे दिए अजय एड्वर्ड्सले दिए सुझाव

00-Ajay-Edwards-IMG-20221228-WA0240-1

दार्जीलिङ: ‘हर घर जल’ योजनामा भष्ट्रचार नहोस् भन्दै हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्डसले सुझाव दिएका छन्। ‘केन्द्र सरकारको यो योजनाले हामी समस्त दार्जीलिङ पहाडवासीलाई धेरै फाइदा पुग्नेछ। केन्द्र सरकारको यस्तो योजना घरिघरि नआउने भएको हुनाले भष्ट्रचार नगरी कार्य पूरा गरियोस्’, उनले यसो भनेका    छन्। अजय एड्वर्ड्सले भने, ‘अहिले दार्जीलिङ पार्वतीय क्षेत्रहरूमा केन्द्र सरकारको हर घर जल योजनाको माध्यमद्वारा घर घरमा पानी पुर्याउने कार्य भइरहेको छ, यो अति नै प्रशंसनीय कार्य हो। जनहितमा हुने कार्यहरूको हामी समस्त पहाडवासीले स्वागत जनाउनै पर्छ, तर भष्ट्रचाररहित हर घर जल योजनाको पानी पहाडको ग्रामीण क्षेत्रहरूमा पुग्न सकोस्।’ उनले अझ भने, ‘पानीबिना जीवन शुन्य रहन्छ। हिजो आइतबार सुकना पानीघट्टा समष्टिअन्तर्गत अचानक बस्तीमा पानीको व्यवस्था गरियो। विगत धेरै वर्षदेखि अचानक बस्तीमा पिउने पानीको अकाल रहेको थियो। अचानक बस्तीको बासिन्दाले भोग्न परिरहेको दु:खदायी दृश्यले हाम्रो पार्टीको नेतृत्व चुप लागेर बस्न सकेनन् अनि आफ्नो निजी कोषबाट बस्तीमा पिउने पानीको व्यवस्था गरिएको छ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *