बडी भाइब जिम एवं फिटनेस सेन्टरको उद्घाटन

IMG_20220613_231941.jpg

नाम्ची। आज बडी भाइब जिम एवं फिटनेस सेन्टरको उद्घाटन दक्षिण सिक्किमअन्तर्गत चुङचोक-कमरे जीपीयूमा गरियो। स्थानीय पञ्चायतगणकाे पहलमा निर्माण गरिएको थियो। आज यसको उद्घाटन २०२१ मा रसियामा भएकाे वर्ल्ड पावर लिफ्टिङ प्रतियाेगिताका काँस्य पदक विजेता बडीबिल्डर सञ्जय बुढाथाेकीकाे बाहुलीबाट गरियाे।
यस अवसरमा पञ्चायति राजका सहायक निर्देशक केसी दाहाल, डीसीपीओ नाम्ची राेश्निला गुरूङ, जिल्ला पञ्चायत सदस्य जमुना गुरूङ, स्थानीय गाउँलेहरू, युवाहरू आदिकाे उपस्थिति रहेकाे थियाे।
उल्लेखनीय छ, साे केन्द्रकाे स्थापना गाउँका युवाहरूलाई कुलतमा लाग्न नदिनुकाे रहेकाे बताइएको छ। यसरी उक्त केन्द्रकाे उद्घाटनपछि लुङ्चाेक-कमरे जीपीयूकाे ग्राम प्रसाशन केन्द्रमा अभिनन्दन कार्यक्रमकाे आयाेजना गरिएकाे थियाे। यस क्रममा बडीबिल्डर सञ्जय बुडाथाेकी, डीसीपीओ राश्निला गुरूङ, विभिन्न संघ-संस्थाका युवा आदर्श अल्बर्ट गुरूङ, मणिकुमार गुरूङ, विष्णु पाेख्रेल र जिम हलका जमिनदाता हर्कध्वज गुरूङलाई अभिनन्दन गरियाे।

कार्यक्रममा सम्बाेधन गर्दै मुख्य अतिथि सञ्जय बुडाथाेकीले आफ्ना अनुभवहरू साँझा गरे। यसरी नै सिक्किमका प्रत्येक कुनामा यस प्रकारकाे फिट्नेस सेन्टरहरू निर्माण हुनुपर्छ भन्दै उपस्थित युवाहरू समक्ष उत्प्रेणात्मक कुराहरू राखे। फिट्नेसकाे महत्त्व विषय प्रकाश पार्दै उनले यस गाउँका चार-पाँचजना युवाहरूलाई आफ्नाे रम्फूकाे जिम हलमा सित्तैमा प्रशिक्षण दिने वचन दिए। बढ्दो ड्रग्सकाे राेकथामलाई राेक्न नागरिक समाजले पहल गर्नुपर्ने कुरामा जाेर दिए।
पञ्चायति राजका सहायक निर्देशक केसी दाहालले पञ्चायतगणले निर्माण गरेको जिम हलकाे सुरक्षाकाे जिम्मावरी गाउँलेहरूले पनि लिनुपर्ने बताए। स्थानीय पञ्चनयतगणले गरेका कार्यहरूकाे प्रशंसा गर्दै उनले विभिन्न सुझाउहरू दिए। कार्यक्रममा पञ्चायत सभापति देवराज राईले कार्यक्रमकाे औचित्य विषय प्रकाश पारेका थिए। कार्यक्रममा अभिनन्दित व्यक्तित्वहरूले पनि सम्बाेधन गरेका थिए। कार्यक्रममा साँस्कृतिक नृत्यहरू पनि प्रस्तुत गरिएको थियाे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *