बर्दवानमा प्रहरीको गाडीसँग बस ठोक्किँदा कुचबिहारमा ४ जनाको मृत्यु

image-8

कोलकता: सोमबार बिहान पश्चिम बंगालमा सडक दुर्घटनाले तहसनहस बनाएको छ। यो सडक दुर्घटनामा कम्तिमा ६ जनाको ज्यान गएको छ। अर्कोतर्फ, आइतबार राति कुचबिहारमा भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ। बर्दवानको अशग्राममा सोमबार बिहान भएको दुर्घटनामा पुलिस कार चालकको मृत्यु भएको छ। विभिन्न घटनामा घाइते हुनेको संख्या धेरै छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ। पूर्वी बर्दवानको अशग्राममा सोमबार बिहान यात्रीबाहक बस र पुलिसको गाडीमा ठोक्किएको हो। पुलिसको गाडी चालकको घटनास्थलमै मृत्यु भएको हो भने २ पुलिस र एक नागरिक स्वयंसेवक गम्भीर घाइते भएका छन्। गाडीमा नराम्ररी क्षति पुगेको छ।
यसैबीच कान्दी बहरामपुर प्रदेश राजमार्गको भवानीपुर चोकमा आज बिहान मोटरसाइकल र कार एकआपसमा ठोक्किएका छन्। मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो। यसपछि भीडको आक्रोश भड्कियो। आक्रोशित भीडले गाडीमा आगजनी गरेको छ। खबर पाएपछि पुलिस र दमकल घटनास्थलमा पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement