सरस्वती विद्या निकेतनको साधारण सभा

n4778265221678123946943c173692f318d66238476ec4ae5413512eb36dcb2c63e25bdb66e91d11da2186c.jpg

गान्तोक: आइतवार विद्यालयमा विद्या भारती सिक्किम अधीनस्थ पाकिम जिल्लाको पाचेखानीमा सञ्चालित सरस्वती विद्या निकेतनको साधारण सभा बस्यो। विद्यालय विकास कमिटी, अभिभावक र शिक्षकहरूको सहभागितामा आयोजित सभामा शिक्षकहरू भानुभक्त गौतम, गोमादेवी बस्तोला, गणेश छेत्री र रेबिका हिङमाङ विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। सभामा विद्यालयका प्रधानाध्यापक एसडी भण्डारीले विद्यालयका गतिविधिहरू र भावी कार्यक्रमहरूमाथि प्रकाश पारेका थिए। विशिष्ट अतिथिहरूले आफ्नो सम्बोधनमा शैक्षिक, सह-पाठ्यक्रम गतिविधिहरू र शिक्षकहरूको व्यक्तित्व विकासको सम्बन्धमा बहुमूल्य सुझाउहरू दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *