सोरेङ जिल्लापालले गरे आईसीएआरका वैज्ञानिकहरूसँग बैठक

IMG-20230306-WA0292.jpg

गान्तोकः सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले आज आईसीएआरका प्रशासनिक अधिकारी र वैज्ञानिकहरूलाई लिएर एक सभा आयोजना गरे। जिल्लापाल ठटालको प्रेक्षागृहमा सम्पन्न भएको यस सभामा विभिन्न विषयमा छलफल गरियो। विशेष गरेर अलैँची उत्पादनको निम्ति माटोको जाँच जिल्लाका उच्च, मध्य र निम्चस्तरबाट नमूनाहरू सङ्कलन गरी केरलाको केन्द्रिय प्रयोगशालामा पठाउने र नमूना सङ्कलन यो हप्ताभित्र गरिने र रिपोर्ट लगभग २० दिनमा आउने बताइएको छ।

जिल्लापाल ठटालले अलैँचीको घट्दो उपजको लागि राम्रो उपाय तयार गर्न अलैँची उत्पादकहरूसँग छलफल गर्न र उनीहरूको समस्याहरू पत्तो लगाउन सुझाउ दिए। सोही प्रकारले उनले कृषि र बागवानी विभागका अधिकारीहरूलाई अलैंची उत्पादक र आईसीएआर प्रशासनिक अधिकारीहरू र वैज्ञानिकहरू बीचको अन्तरक्रियाको लागि छवटा खण्ड प्रशासनिक केन्द्रमा छलफल कार्यक्रम आयोजना गर्न सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement