कङ्क मुख्योपाध्याय तृणमूल किसान खेत मजदूर समितिको अब्जर्भर

7b81b422-6dfc-4568-816f-e9b53e47cfcd


कालचिनीः आगामी पञ्चायत चुनाउलाई ध्यानमा राखेर अलिपुरद्वार जिल्ला तृणमूल किसान खेत मजदूर समितिको जिल्ला सहसभापति कय मुख्योपाध्यायलाई कालचिनी ब्लक तृणमूल किसान खेत मजदूर समिति अनि जयगाउँ एक र दुई नम्बरको अञ्चलको अब्जर्भर नियुक्त गरीएको जानकारी अलिपुरद्वार जिल्ला तृणमूल किसान खेत मजदूर समितिको सभापति प्रसेनजीत रायले दिएका छन्|
अलिपुरद्वार जिल्लाको प्रत्येक अञ्चल अनि बुथहरूमा किसान बन्धुहरूको सुविधा हेर्न औ सरकारी योजनाहरू किसान परिवार समक्ष पुर्‍याउने लक्ष्य राखेर किसान खेत मजदूर तृणमूल कङ्ग्रेसको संगठनलाई बलियो बनाउन काम भईरहेको कङ्क मुख्योपाध्यायले संगठनको काम इमान्दारीताको साथ पालन गरीरहेकोले तिनलाई यस संगठनको अब्जर्भर नियुक्त गरीएको बताईएको छ| आगामी दिनमा कालचिनी ब्लकको किसान बन्धुहरूको घर घरमा पुगेर राज्य सरकारको योजनाहरूको जानकारी गराईने र किसानहरूलाई हरसम्भव सरकारी मदत प्रदान गर्ने लक्ष्य रहेको प्रसनजीत रायले थप जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement