भाजपाद्वारा जेडीए कार्यालय घेराउ

fa75323a-81bd-4f40-8a75-6a61167359d4


कालचिनीः जयगाउँको नदी नाला र भोटाङबाट बगेर आउने पानी र यसले पहाड़ धस्किएर बनेको समस्यालाई जेडीले केही नहेरेको आरोप लगाउँदै भाजपाले आईताबारदेखि जेडीए कार्यालय घेराउ शुरु गरेको थियो भने सोमबार पनि भाजपाले जेडीए कार्यालय घेराउ साथै धरना प्रदर्शन जारी राखेको थियो|
आइतबार उक्त धरना तथा घेराउ कर्मसूचीमा कालचिनी विधायक विशाल लामाको पनि उपस्थिति रहेको थियो भने सोमबार उक्त जारी धरनामा भाजपा नेता विल्सन चम्प्रामारी, कृपाशंकर जयसवाल, भाजपा मण्डल सभापति राजेश छेत्री, श्याम प्रधान, प्रदिप विश्व, युवराज कार्की, पुष्कर लामा, राणा प्रताप विस्वास एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो| यदि उपरोक्त समस्याको समाधान नगरिए होली पश्चात पुनः जेडीए घेराउ हुने भाजपा मण्डल सभापति राजेश छेत्रीले जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement